Comments Add Comment

कोरोनाबाट काठमाडौंका ९ सहित २० जनाको मृत्यु

१९ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट काठमाडौंका ९ सहित २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ९, ललितपुरका ३, सर्लाहीका २, सुनसरी, पर्सा, गोरखा र नवलपुरका एकएक जनाको मृत्यु भएको छ । यस्तै रुपन्देही र तेह्रथुमका एकएक जनाको पनि मृत्यु भएको छ ।

  • असन, काठमाडौंकी ७६ वर्षीया महिलाको शनिबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनिया भएर असोज ८ गते अस्पताल भर्ना भएकी उनलाई १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • काल्धारा, काठमाडौंकी ८१ वर्षीया महिलाको शनिबार ग्राण्डी अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १५ असोजमा अस्पताल भर्ना भएकी उनलाई १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • जोरपाटी, काठमाडौंकी ८३ वर्षीया महिलाको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा आइतबार मृत्यु भएको छ । मुटुसम्बन्धी समस्या लिएर १३ असोजमा अस्पताल भर्ना भएकी उनलाई त्यही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • बौद्ध, काठमाडौंका २६ वर्षीय पुरुषको आइतबार पाटन अस्पतालमा मृत्यु भएको छ । १२ असोजमा कोरोना पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि १५ गते अस्पताल भर्ना भएका थिए ।
  • क्षेत्रपाटी, काठमाडौंका ६५ वर्षीय पुरुषको सटार अस्पतालमा मृत्यु भएको छ । उनी १५ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • काठमाडौंका ७८ वर्षीय पुरुषको सोमबार हृयाम्स अस्पतालमा मृत्यु भएको छ । उनी श्वासप्रश्वासमा समस्या हुनुका साथै हृदयघात भएर ६ असोजमा भर्ना भएका थिए ।
  • होम आइसोलेसनमा रहेका कागेश्वरी मनहरा-८, काठमाडौंका ९१ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई १५ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंका ८१ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा सोमबार मृत्च्यु भएको छ । १७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी १८ गते अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचाप, मधुमेह र निमोनियाबाट पीडित थिए ।
  • काठमाडौंका ६७ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा सोमबार मृत्यु भएको छ । १५ असोजमा अस्पताल भर्ना भएका उनलाई १७ गते संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप र मधुमेहका विरामी थिए ।
  • पाटन, ललितपुरका ५५ वर्षीय पुरुषको आइतबार पाटन अस्पतालमा मृत्यु भएको छ । रक्त अल्पत्ता, निमोनिया र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी भदौ २९ गते अस्पताल भर्ना भएका थिए भने असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • इमाडोल, ललितपुरका ३५ वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचापका विरामी उनी १५ गते अस्पताल भर्ना भएका थिए ।
  • कुसुन्ती, ललितपुरका ७१ वर्षीय पुरुषको शनिबार पाटन अस्पतालमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी १६ गते अस्पतल भर्ना भएका थिए ।
  • लालबन्दी नगरपालिका-८, सर्लाहीका ४२ वर्षीय पुरुषको सोमबार चितवन मेडिकल कलेज, चितवनमा मृत्यु भएको छ । कलेजसम्बन्धी  समस्या लिएर असोज १५ गते भर्ना भएका उनलाई कोरोना संक्रमण भएको १७ गते कोरोना पुष्टि भएको थियो ।
  • हरिपूर्वा नगरपालिका-५ सर्लाहीका ६५ वर्षीय पुरुषको सोमबार हृयाम्स अस्पतालमा मृत्यु भएको छ । उनको एकसातादखि अस्पतालमा उपचार भइरहेको थियो ।
  • धरान उपमहानगरपालिका-१५, सुनसरीका ५५ वर्षीय पुरुषको सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मिर्गौला र हाइपरटेन्सनका विरामी उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पर्साकी ६५ वर्षीया महिलाको आइतबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ ।
  • गोरखाका ४५ वर्षीया महिलाको बयोधा अस्पतालमा १५ असोजमा मृत्यु भएको छ ।
  • नवलपुरका ३६ वर्षीय पुरुषको शनिबार भरतपुर अस्पताल, चितवनमा मृत्यु भएको छ ।
  • आइतबार लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी बुटवल उपहानगरपालिका-१३, रूपन्देहीकी ६५ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ज्वरो, श्वासप्रश्वासको समस्या लिएर आइतबार बिहान अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी उनको उपचारका क्रममा साँझ मृत्यु भएको थियो ।
  • म्याङलुङ नगरपालिका-१, तेह्रथुमका ३१ वर्षीय युवकको सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मृतकमा मिर्गौलासम्बन्धी रोगबाट पीडित उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो भने सोमबार अस्पतालमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment