Comments Add Comment

तेह्रथुमका ३१ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

१९ असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तेह्रथुमको म्याङलुङ नगरपालिका-१ का ३१ वर्षीय युवकको उपचारकै क्रममा सोमबार बिहान साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ।

आइतबार कोरोना संक्रमण पुष्टि भएका उनलाई सोमबारमात्रै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।मृतकमा मिर्गौला सम्बन्धी दीर्घ रोग रहेको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment