Comments Add Comment

सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउन प्रस्ताव

२०, असोज, काठमाडौं । सरकारले सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि आयात गर्ने ति वस्तुमा कोटा नै निर्धारण गरेर प्रतिबन्ध लगाउने तयारी गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

१५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन दाना मरिच मात्रै ल्याउन पाउने गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको मन्त्रालयले स्रोतले जनाएको छ ।

कोभिड संकटकाबीच व्यापार घाटा न्युनीकरण गर्न यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । ‘मन्त्रालयले प्रस्ताव पठाएको छ, मन्त्रिपरिषद्ले के निर्णय गर्छ अब पर्खन्छौँ,’ स्रोतले भन्यो ।

यसअघि सरकारले गत चैत १६ गते मरिच, छोकडा, सुपारी र केराउको दाना आयातमा प्रतिबन्ध लगाएको थियो ।

तर, व्यापारीको तीब्र लबिङपछि भदौ १५ गते सरकारले नाकामा रोकिएका मरिच र केराउको प्रतिबन्ध फकुवा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment