+
+
Shares

म‌ंसिरको चौथो साता राष्ट्रिय कविता महोत्सव हुने 

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते १५:०२

२० असोज, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्को बैठकले प्राज्ञ सभाको ३५ औं बैठक मंसिरको चौथो साता बोलाउने निर्णय गरेको छ ।

बैठकले विश्वव्यापी महामारी कोरोना भाइरसका कारण निर्धारित मितिमा स्थगित भएको राष्ट्रिय कविता महोत्सव मंसिरको चौथो साता आयोजना गर्ने निर्णय पनि गरेको छ ।

राष्ट्रिय कविता महोत्सवको पुरस्कार राशीसमेत वृद्धि हुने भएको छ । निर्णयअनुसार महोत्सवमा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीय हुने तीनजनालाई जनही ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ । यसअघि नगद पुरस्कारको राशी ३०, २५ र २० हजार रुपैयाँ रहेको थियो ।

बैठकले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेलको बौद्धिक चोरी साथै प्रज्ञा–प्रतिष्ठानलाई गुमराहमा राखी आर्थिक अनियमिततासमेत गरेको सम्बन्धमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ ।

प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख प्रा. दिनेशराज पन्तको संयोजकत्वमा गठित उक्त छानबिन समितिमा प्राज्ञ परिषद् सदस्यद्वय प्रा.डा. हेमनाथ पौडेल र प्रा.डा. गोपीन्द्र पौडेल सदस्य रहेका छन् ।

यस्तै सवारी साधनमा प्रयोग गरिने इम्बोस्ड नम्बरमा देवनागरी लिपीको नेपाली भाषाको प्रयोगलाई यथावत् कायम राख्ने सम्बन्धमा कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर लिखित पत्रसहित अनुरोध गरेको विषयमा छलफल भएको सदस्यसचिव जगतप्रसाद उपाध्यायले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?