Comments Add Comment

छातीमा कफ जमेको छ ? यस्तो छ घरेलु उपचार

अहिले स्वास्थ्यमा कुनै समस्या देखिए धेरैलाई चिन्ता हुन्छ, कोरोना त होइन । तर, मौसम बद्लिने यो समयमा सामन्य स्वास्थ्य समस्या देखापर्छ । कसैलाई रुघा लाग्ने, खोकी लाग्ने, ज्वरो आउने, कफ जम्ने, जोर्नी दुख्ने आदि । कतिपय अवस्थामा घरेलु उपचारबाट पनि यस्ता समस्याहरुबाट छुटकारा पाउन सकिन्छ । खासगरी खोकी लाग्ने कफ जम्ने समस्यामा यी घरेलु उपचार प्रभावकारी हुनसक्छ । ।

मह र कागती

एक चम्चा अर्गानिक मह र २ चम्चा कागतीको रस मिसाएर पिउनुपर्छ । यसले घाँटीलाई आराम पुर्याँउछ ।

महमा एन्टीब्याक्टेरियल र एन्टी फंगल गुण पाइन्छ । त्यस्तै कागतीमा भिटामिन सीको भरपुर मात्रा पाइन्छ जसले घाँटीलाई तुरुन्त आराम पुर्याउँछ ।

मरिच

मरिच केही पिरो र स्वादमा तिख्खर हुन्छ । यो श्वासप्रशवसको समस्या समाप्त गर्नको लागि आयुर्वेदमा चमत्कारी औषधि मानिन्छ । यसले कफलाई समाप्त गरिदिन्छ ।

मरिचमा पाइपरलांगमाइन नामक रसायनिक तत्व पाइन्छ र यसले हाम्रो शरीरमा एन्जाइम बन्नबाट रोक्छ । शरीरमा बन्ने एन्जाइमले खोकी र यसको इन्फेक्सनलाई बढाउँछ जुन कफको कारण बन्छ । दैनिक एक कप पानीमा २० दाना जति मरिच उमाल्नुहोस् र फेरि त्यसमा मह मिसाएर पिउन सकिन्छ ।

तातो पानी

कफ जमेको स्थितीमा हल्का तातो पानी पिउनुपर्छ । यसले छाती र घाँटीमा जमेको कफको मात्रालाई कम गर्छ । कागती पानी वा कागतीको चिया पिएर पनि आफूलाई हाइड्रेट राख्न सकिन्छ ।

नुनपानीले कुल्ला

नुन पानीले कुल्ला गर्नाले घाँटीलाई राहत मिल्छ र घाँटीमा जमेको कफ सफा हुन्छ । यसले घाँटी सफा हुन्छ र घाँटीमा भएका सबै किटाणु पनि मर्छन् ।

बेसार

तातो पानीमा एक चम्चा बेसार मिसाउनुपर्छ । बेसामा कुरक्युमिन नामक एक तत्व पाइन्छ । जसमा धेरै नै शक्तिशाली एन्टीब्याक्टेरियत गुण हुन्छ । यसले कफलाई पातलो बनाउन मद्धत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment