
ऋषिकेश जंग शाह
२१ असोज, काठमाडौं । विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले विश्व हिन्दु युवा संघको केन्द्रीय समितिलाई पूर्णता दिएका छन् ।
अध्यक्ष शाहले १०६ सदस्यीय केन्द्रीय समितिलाई मंगलबार पूर्णता दिएका हुन् । संघको प्रवक्ता अनुराग शाह तोकिएका छन् ।
अध्यक्ष शाहले विश्व हिन्दु युवा संघलाई एक वर्षमा देशको सबैभन्दा ठूलो संगठनको रुपमा बिस्तार गर्ने पनि दाबी गरे ।
विश्व हिन्दु महासंघ नेपालले गत जेठ महिनामा नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहलाई केन्द्रीय सदस्य तथा युवा विभाग प्रमुखमा मनोनित गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4