+
+
Shares

राप्रपालाई निर्वाचन आयोगले दियो मान्यता

थापाले भने- पार्टी मिलाएकोमा गौरव लागेको छ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते १७:१४
फाइल तस्वीर

२१ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ ।

राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिएका छन् ।

अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनः एकीकृत गर्न सकेकोमा खुसी ब्यक्त गर्दै गौरव लागेको बताएका छन् ।

एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनाव चिन्ह ‘हलो’ हुने भएको छ । अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प समेत गरेका छन् ।

निर्वाचन आयोगलाई धन्यवाद दिदै थापाले सामाजिक सन्जालमा थप लेखेका छन्-अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुनेछ।

राप्रपाको चुनाव चिन्ह जनतासम्म पुराउने प्रचार अभियान अन्तर्गत मेरो सामाजिक संजालको प्रोफाइलमा आजैदेखि ‘हलो’ अंकित गरेको छु । पार्टीका साथीहरूलाई पनि सो बमोजिम गर्न आग्रह गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?