+
+
Shares

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते १८:३०

२१ असोज, काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै संघले दबाबमुलक आन्दोलन घोषणा गरेको हो ।

भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने बताएको छ ।

पर्सि २३ गते देशभर आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ । साथै यो अवधिमा पनि वार्ता टनेली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य नगरिए थप कडा आन्दोलन गर्ने संघको चेतावनी छ ।

छबुँदे माग राख्दै डा. केसी अनसन बसेको २४ दिन भएको छ, तर सरकारले वार्ता गरेको छैन । अनसन बसेको २३औं दिन शिक्षा सचिवको टोलीले उनलाई भेटेर औपचारिक वार्ता टोली नबनेको भन्दै अनसन अन्त्य गर्न आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?