
२१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
प्रधानमन्त्री कार्यालयको प्रांगणमा बुधबार उक्त कार्यालयका कर्मचारी र वरपरका अन्य मन्त्रालयका कर्मचारी गरी २ सय ५० जना भन्दा बढीको स्वाब संकलन गरिएको छ ।
केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राष्ट्रिय गौरवका आयोजनाहरुको विषयमा छलफल गर्न एक गोष्ठी आयोजना गरिएको थियो ।
गोष्ठीमा सहभागी केहीमा संक्रमण पुष्टि भएपछि बाँकी अरुको स्वाब संकलन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता सहसचिव शंकर नेपालले जानकारी दिए ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4