Comments Add Comment

‘सबै नेपालीको दृष्टि सुरक्षा गर्न सरकार क्रियाशील’

२२ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गरेका छन् । उनले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको पनि बताएका छन् ।

विश्व दृष्टि दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सो कुरा बताएका हुन् । ‘दृष्टिप्रतिको आश’ भन्ने मूल नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदै छ ।

स्वास्थ्यमन्त्री ढकालको शुभकामना सन्देशमा लेखिएको छ, ‘नागरिकहरुको दृष्टिको सुरक्षाको लागि नेपाल सरकार सचेत र क्रियाशील रहेको विषय अनुरोध गर्दै आजको विश्व दृष्टि दिवसको सन्दर्भमा सम्पूर्णमा दृष्टिदोषरहित जीवनको कामना गर्दछु ।’

नेपालले अहिले कोभिड १९ को संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन पनि उनले आह्वान गरेका छन् ।

नेपालमा सन् २०१२ को सर्वेक्षणले जनसंख्याको ०.३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको देखाएको छ । यो समस्या सन् १९८१ को सर्भेक्षणमा ०.८४५ जनसंख्यामा रहेको थियो ।

विश्व स्वास्थ्य संगठनको आँकडानुसार विश्वमा करीब दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ भने करीब एक अर्बलाई अझै पनि आँखा सेवाको पहँुच भएमा दृष्टिको जगेर्ना गर्न सकिने बताइएको छ । यसमा थप करीब दुई अर्ब ६० करोडमा अदूरदृष्टिको समस्या रहेको छ, जसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा यस्तो समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment