+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

हराएको चार वर्षपछि चन्दननाथ मन्दिरको दाहिने शङ्ख भेटियो

रासस रासस
२०७७ असोज २२ गते १०:१५
जुम्लाको चन्दननाथ मन्दिरको बहुमूल्य दाहिने शङ्ख

२२ असोज, कर्णाली ।  जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख चार वर्षपछि भेटिएको छ । वि.सं. २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो ।

तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

‘मूर्ति चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिको सहयोगमा शङ्ख लुकाएको स्थान पत्ता लगायौँ,’ प्रहरी नायब उपरीक्षक काफ्लेले भने, ‘उक्त स्थानमा रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटाएका छौँ ।’ अनुसन्धान प्रक्रियालाई घनिभूत ढङ्गले अघि बढाइएको उनले बताए ।

तीन दिन अघि पक्राउ परेका चन्दननाथ नगरपालिका १० का स्थानीय सुशील बिष्टको खेतको आलीनेर सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा राखिएका दुई थान मूर्ति र शंकास्पद बिष्टसहित तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।

यो घटनाबाट चार वर्ष अघि चोरी भएका चन्दननाथका मूर्ति चोरीबारे खुल्न थालेको प्रहरीले जनाएको छ । यो चार वर्षको अवधिमा २०७३ पुस १९ देपालगाउँको खोलामा १७ थान, २०७६ माघ ६ गते चन्दननाथ नगरपालिका–१ दानसाँघुस्थित खेतको आलीमा १८ केजीको चाँदीको एक थान र यही असोज २० गते बोहोरागाउँमा दुई थान मूर्तिहरु बेबारिसे अवस्थमा भेटिएका थिए ।

वि.सं. २०७३ मङ्सिर ११ गते चन्दननाथ मन्दिरबाट एक दाहिने शङ्खसहित २१ थान मूर्ति चोरी भएका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?