
२२ असोज, काठमाडं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना संक्रमितको संख्या ५० लाख ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ३१ हजार ५५३ नयाँ संक्रमित थपिएका हुन् । ब्राजिल अमेरिका र भारतपछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ४८ हजार २२८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोनाबाट ७३४ जनाको मृत्यु भएको हो ।
ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले मुलुकमा कोरोनालाई बेवास्ता गरेको आरोप खेप्दै आएका छन् । साथै उनले विशेषज्ञहरुले दिएको सुझावको पनि बेवास्ता गर्दै आएका छन् । बोल्सोनारोले भने ब्राजिलको लागि अर्थतन्त्र सबैभन्दा महत्वपूर्ण कुरा रहेको भन्दै आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन् । यद्यपि पछिल्लो समय भने ब्राजिलमा कोरोना संक्रमित र मृतकको संख्यामा बिस्तारै कमी आइरहेको छ ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4