Comments Add Comment

धनुषामा थप एकजना काेराेना संक्रमितको मृत्यु

२२ असोज, जनकपुरधाम । धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा शहीदनगर नगरपालिका-१ का ७० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएकोे स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए ।

ज्वराे आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या भएपछि उनी असोज २० गते अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा बुधबार दिउँसो उनको रिपोर्ट पोजिटिभ आएको थियो ।  मुटुका रोगी समेत रहेका उनको उपचारकै क्रममा बुधबारै राति मृत्यु भएको निमित्त निर्देशक झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment