Comments Add Comment

भिडियोमा व्यस्त राजेश र आर्यन

नायक राजेश हमालले पछिल्ला केही चलचित्रको व्यापार कमजोर भएपछि ठूलो पर्दामा फर्किहाल्ने सोच बनाएका छैनन् । भलै, उनी आफूलाई चलचित्रको अफर प्रशस्त आएको बताउन छाड्दैनन् । तर, उनले चलचित्रका लागि लामै समय लगाइरहेका छन् ।

चलचित्रमा काम नगरेपनि हमालले म्यूजिक भिडियोमा भने काम गरिरहेका छन् । नायक राजेश हमालले २ वटा भिडियोको छायांकन सकेका छन् भने एउटा भिडियोको छायांकन भोली हुँदैछ । यसरीहेर्दा, हमालले एक सातामै ३ वटा म्यूजिक भिडियोमा काम गरेका छन् ।

लकडाउनपछि चलचित्रको काम सुरु नभएपनि कलाकारहरु भिडियोमा व्यस्त छन् । नायक राजेश हमालले १ लाख माथिको पारिश्रमिकमा भिडियोमा काम गरेको वुझिएको छ ।

राजेश हमाल मात्र होइन, अर्का नायक आर्यन सिग्देल पनि भिडियोमा व्यस्त हुन थालेका छन् । उनले, २ वटा म्यूजिक भिडियोमा काम गरिसकेका छन् । चलचित्रको काम सुरु नहुँदा आर्यनले पनि भिडियोलाई दर्शकमाझ आउने र पैसा कमाउने माध्यम बनाएका हुन् ।

उसो त, चलचित्रको काम लामो समयदेखि अड्किएका कारण अधिकांश चलचित्रका कलाकारले भिडियो खेलिरहेका छन् । तर, राजेश र आर्यनको व्यस्तताले कलाकारहरुको भिडियोप्रतिको मोह भने वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment