+
+
Shares

कोशीमा प्रसुति जाँच र ज्येष्ठ नागरिकसँग शुल्क लिन थालियो

हरि अधिकारी हरि अधिकारी
२०७७ असोज २२ गते १९:११

२२ असोज, विराटनगर । विराटनगरको कोशी अस्पतालले सुत्केरी हुनुअघि स्वास्थ्य जाँच गराउँदा सेवाग्राहीबाट शुल्क उठाउन थालेको छ । आमा सुरक्षा कार्यक्रम लागू भएयता कोशीमा प्रसुति अघि हुने सम्पूर्ण जाँच निशुल्क थियो । तर भदौ १५ यता अस्पतालले शुल्क लिन थालेको हो ।

प्रसुति अघि हुने जाँचको न्यूनमत शुल्क ११ सय रुपैयाँ लाग्छ । एक्कासी शुल्क उठाउन थालेका कारण विपन्न नागरिकलाई समस्या भएको विराटनगरका सामाजिक अगुवा सुभाष कामतले बताए । ‘पैसा हुने मान्छेले त शुल्क तिर्छन् । तर गरिबलाई गाह्रो हुन्छ’ उनले भने ‘कोशीमा प्रसुतिका लागि आउने नागरिक एक हजार रुपैयाँ निकाल्न नसक्नेहरु धेरै हुन्छन् ।’

आमा सुरक्षा कार्यक्रम लागू भएका अस्पतालमा सुत्केरी हुनेले डिस्चार्ज हुँदा एक हजार रुपैयाँ यातायात खर्च पाउछन् ।

ज्येष्ठ नागरिकको सुविधा पनि कटौती

कोशी अस्पतालले ज्येष्ठ नागरिकलाई दिने सुविधा पनि कटौती गरेको छ । अस्पतालले ६० देखि ७० वर्षसम्मकालाई ५० प्रतिशत र ७० वर्षमाथिकालाई निःशुल्क स्वास्थ्य सेवा दिदै आएको थियो । तर असोज पहिलो साताबाट बहिरंग सेवा मात्र निःशुल्क गरेको छ ।

भदौयता कर्मचारीलाई तलब पाएनन्

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दास नर्मल प्रसुतिका लागि केन्द्रबाट आउने रकम थोरै भएका कारण परीक्षणको शुल्क लिन थालिएको बताउँछन् ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरीका लागि भर्ना भएका नागरिकले गर्भ परीक्षणबाहेक अरु सेवा र रगत पनि निशुल्क पाउने उनले बताए ।

‘नर्मल डेलिभरीको एक हजार पाँचसय रुपैयाँ केन्द्रबाट आउँछ’ उनले भने ‘माथिबाट आउने रकम थोरै छ, कर्मचारीलाई पनि तलब खुवाउनु पर्छ ।’ सरकारले एक जना सुत्केरी गराएवापत १५ सय रुपैयाँ मात्र दिने र उक्त रकम अपुग रहेको उनले डा. दासले बताए ।

अस्पतालको आम्दानी सीमित भएका कारण अस्पताल विकास समिति मार्फत भर्ना भएका कर्मचारीलाई तलब खुवाउनै समस्या हुन थालेको उनले बताए ।

‘विकास समिति अन्तर्गतका कर्मचारीलाई भदौबाट तलब खुवाउन सकिएको छैन’ उनले भने । अस्पतालमा विकास समिति अन्तर्गत २ सय ६७ जना कर्मचारी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?