+
+
Shares

काठको ८९ वटा गोलियासहित एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २३ गते २१:११
साङ्केतिक तस्वीर

२३ असोज, काठमाडौं । प्रहरीले ८९ थान गोलिया काठसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शंखरापुर नगरपालिका वडा नं. १, नाङलेभारेका ३३ वर्षीय श्रीराम लामिछाने छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार बिहीबार शंखरापुर–७, च्यानपाटीमा चालक नभएको अवस्थामा बा ५ ख ४३०९ नम्बरको काठ लोड गरेर रोकेको अवस्थामा ट्रक भेटिएको थियो ।

त्यसक्रममा साँखुबाट प्रहरी निरीक्षकसहितको टोलीले चेकजाँच गर्ने क्रममा बरामद गरेर अनुसन्धान थालेको थियो । त्यसक्रममा काठधनी लामिछानेसहित गाठी र काठलाई बरामद गरेर कानुनी प्रक्रिया थालिएको थियो ।

बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?