Comments Add Comment

‘ट्रम्पबाट कोरोना संक्रमणको जोखिम छैन’

Photo Credit : REUTERS

२५ असोज, काठमाडौैं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका डाक्टर सिन कोन्लीले राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अब कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम नरहेको बताएका छन् । कोन्लीका अनुसार शनिबार गरिएको कोरोना परीक्षणको क्रममा ट्रम्पबाट अन्य मानिसमा संक्रमणको जोखिम नरहेको पाइएको हो ।

यद्यपि ट्रम्पको कोरोना परीक्षणको नतिजा पोजेटिभ वा नेगेटिभ के आएको हो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । यसअघि शनिबार ट्रम्पले ह्वाइट हाउसमा आफ्ना समर्थकहरुलाई भाषण दिएका थिए । संक्रमण पुष्टि भएपछि उनले पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएर सम्बोधन गरेका हुन् ।

शनिबार ट्रम्पले आफ्नो सम्बोधनका क्रममा आफूलाई अहिले कुनै पनि स्वास्थ्य समस्या बाँकी नरहेको भन्दै आफूले कोरोनाविरुद्धको कुनै उपचार अहिले लिन नपरेको बताए ।

यसैबीच अमेरिकी वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले गत सेप्टेम्बर २६ मा ह्वाइट हाउसमा गरिएको कार्यक्रमलाई ‘सुपरस्प्रेडर’को संज्ञा दिएका छन् । उक्त कार्यक्रममा सहभागी धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही तथ्यांकलाई आधार मान्दै फाउचीले तथ्यांकले आफैँ पनि यसलाई पुष्टि गरेको बताए ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment