Comments Add Comment

महामारीमा एक जना पनि कर्मचारी कटौती गरेनौं : बुद्ध एयर

२५ असोज, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले सेवा बन्द भएको ६ महिनासम्म एक जना कर्मचारीलाई समेत जागिरबाट निकाल्नु नपरेको बताएको छ ।

आज स्थापनाको २४ औ वाषिर्कोत्सवको अवसर पारी कम्पनीले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको छ ।  बुद्धले देशभर ११ सय कर्मचारीलाई रोजगारी दिएको छ ।

कम्पनीले भनेको छ, ‘बन्दाबन्दी झण्डै ६ महिना रहृयो र आम्दानी पनि शून्य नै । यस्तो अवस्थामा पनि हामीले ११०० कर्मचारीलाई नियमित रूपमा तलव बाँड्यौं । हाम्रो पहिलो प्राथमिकता नै हरेक कर्मचारीको जीवनयापन सजिलो होस् र हाम्रा जहाजहरुको मर्मतसम्भार रेखदेखमा कुनै पनि अवरोध नआओस भन्ने हो । हामीले यस दौरान १ जना कर्मचारी पनि कटौती नगरी आवश्यक सबै तालिम सम्पन्न गर्‍यौं ।’

बुद्धले सन् १९९७ अक्टोवर ११ मा पहिलो उडान गरेको थियो । त्यसबेला कम्पनीले अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी ल्याएर सेवा थालेको थियो । आज कम्पनीसँग  १३ जहाज, ११ सय कर्मचारी तथा लाखौं यात्रु जोडिन आएको कम्पनीले जनाएको छ ।

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्ऽबहादुर बस्नेतका अनुसार उडान ठप्प भए पनि जहाजको नियमित मर्मतसम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती गर्न मिल्दैन । बुद्ध एयरले बन्दाबन्दीको केही दिनमै संक्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्याएको थियो । कम्पनीले यसलाई अक्षरशः पालना गर्दै हरेक कर्मचारीलाई तालिम तथा सुरक्षा कवच प्रदान गरेको छ । काठमाडौंसहित देशभरका विमानस्थलमा पूर्वाभ्यास गरेर सेवा थालिएको कम्पनीको भनाई छ ।

२१ सेप्टेम्बरबाट सुरु भएको उडानका दौरान भाडादर ठूलो कटौती गरिएको कम्पनीको भनाई छ । निम्नमध्य आय भएका नेपालीले पनि सुरक्षित तथा संक्रमणरहित यात्रा गरून् भन्ने उद्देश्य रहेको कम्पनीले उल्लेख गरेको छ ।

आर्थिक चलायमानका सूचकांकमा यात्रुहरुको ओहोरदोहर पनि एक हो । आन्तरिक पर्यटनलाई पुनः गति दिन बुध्द एयरले पर्यटकीय गन्तव्य पोखरा र चितवनलाई प्रचार प्रसार गर्दै यसको भगिनी संस्था बुध्द होलिडेजमार्फत प्याकेज ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment