
२६ असोज, चितवन । कोरोना संक्रमणबाट वडाध्यक्षको निधन भएपछि भरतपुर महानगरपालिका र मातहतका कार्यालय आज सोमबार एक दिनका लागि बन्द गरिएको छ ।
महानगरकी मेयर रेनु दाहालले एक विज्ञप्ती जारी गर्दै भरतपुर–२० का वडाध्यक्ष मणिलाल तामाङको निधनमा दुःख ब्यक्त गरेकी छिन् । जारी विज्ञप्तीमा शोक मनाउन एक दिन महानगरपालिका र त्यस मातहतका सबै कार्यालय बन्द रहने उल्लेख छ ।
वडाध्यक्ष तामाङको कोरोना संक्रमणबाट आइतबार विहान ११ः३० बजे भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनलाई असोज १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङ चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो जनप्रतिनिधि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4