Comments Add Comment

प्रदेश १ मा दश हजार नाघे संक्रमित, एक सय नाघ्यो मृतकको संख्या

२६ असोज, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आइतबारबाट संक्रमितको संख्या १० हजार नाघेको हो । कोरोना संक्रमणका कारण मृतकको संख्या पनि एक सय नाघेको छ ।

कोरोना संक्रमितको संख्या दश हजार ३ सय पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।

कोरोना संक्रमणका कारण आइतबार मात्रै सातजनाको मृत्यु भएको थियो । सोमबार बिहान थप एक जनाको मृत्यु भएको छ ।

मृतकमध्ये प्रदेश १ स्थायी ठेगाना भएका ८८ र अन्य प्रदेशका १५ जना रहेको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विसालले जानकारी दिए ।

प्रदेश १ को मोरङका ४५, सुनसरीका ३०, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको हो । संक्रमित मध्ये डिस्चार्ज हुनेको संख्या ४ हजार ८१२ पुगेको छ ।

प्रदेश १ मा १ लाख ३७ हजार ५ सय १७ जनाको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ८ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।

यो पनि पढ्नुहोस पूर्वमा कोरोना संक्रमितले आईसीयू बेड पाएनन् यो पनि पढ्नुहोस उपत्यकामा संक्रमितलाई आईसीयू र भेन्टिलेटर पाउन ‘महाभारत’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment