Comments Add Comment

प्रभुको नयाँ हेलिकोप्टरले पायो उडान अनुमति

२६ असोज, काठमाडौं । प्रभु हेलिकोप्टर प्रालिको नयाँ हेलिकोप्टर एच १२५ एएस ३५० बी ३ ईले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको छ ।  प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नयाँ एयरबस हेलिकप्टर  भित्राउने घोषणा गरेको थियो । तर, कोरोना भाइरसको संक्रमणले उक्त अभियान बन्द भएको छ ।

हेलिकोप्टर ११ चैतमै काठमाडौं अवतरण गरेको थियो । तर, कोरोना महामारी र यसको रोकथामका लागि अपनाइएका कदमले व्यवसायिक उडानको प्रक्रिया ढिला भएको कम्पनीका डेपुटी जनरल म्यानेजर नोबल कुमार राजलवटले बताएका छन् । प्रभुले स्थापनाको ५ वर्ष भित्रै हेलिकोप्टर संख्या ६ पुर्‍याएको छ ।

कल साइन ९ एन-एनएलई रहेको हेलिकोप्टरको ६ वटा सिट क्षमता छ । धेरै उचाइसम्म राम्रो काम गर्ने यो हेलीकप्टर नेपाली भूभागको लगि योग्य हेलिकोप्टर रहेको राजलवटलाई उदृत गर्दै कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । हेलिकोप्टर थप भए सँगै नयाँ गन्तव्यमा उडान बिस्तार गर्न सहज भएको कम्पनीको भनाई छ ।

हिमाली क्षेत्रको दृश्यावलोकन र धार्मिक क्षेत्रमा पर्यटकीय उडान गर्दै आएको प्रभु हेलिकोप्टरले  पोखराबाट अन्नपुर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, मर्दी हिमाल, मुक्तिनाथ, रारा र काठमाडौंबाट लुक्ला, पाथीभरा, हलेसी महादेव, कालिन्चोकमा उडान गर्छ ।

नयाँ हेलिकाप्टरले काठमाडौंमा आधारित रहेर १४ हजार फिटभन्दा माथि सगरमाथा आधार शिविर, लाङटाङ, गोसाइकुण्ड, दामोर कुण्ड, माथिल्लो मनाङ/मुस्ताङ र तिलिचो ताल लगायतका गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रभुले उल्लेख गरेको छ ।

हिमाली क्षेत्र लगायत आवस्यक ठाउँमा उद्दार उडान गरिरहेको प्रभु हेलिकप्टरले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा गर्भवती र सुत्केरीको आपतकालीन उद्दार समेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment