Comments Add Comment

एबीएस र स्मार्ट कनेक्टसहित नयाँ आरटीआर १६० नेपालमा

सानो भर्‍याङमा खुल्यो शोरुम

२६ असोज, काठमाडौं । टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० फोर भीमा एबीएस र स्मार्ट कनेक्ट फिचर सहितको मोटरसाइकल सार्वजनिक गरेको छ ।

टिभिएस अपाचे आरटीआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रुपमा बिक्री वितरण हुँदै आएको छ ।

यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने स्मार्ट कनेक्ट र एबीएस थप भएर आएको हो । योसँगै विभिन्न ५ भेरियन्टमा अपाचे आरटीआर १६० फोर भी ग्राहकले खरिद गर्न सक्ने छन् ।

नयाँ मोटरसाइकल सार्वजनिक गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले भने, ‘हामीले ग्राहकको चाहना र बजेट अनुसारको मोटरसाइकल ल्याएका छौं । एउटै मोटरसाइकल २ लाख ७३ हजारदेखि ३ लाख ६ हजारसम्मको रेञ्जमा उपलब्ध हुने छन् । यसले ग्राहकलाई आफ्नो बजेट, आवश्यकता र फिचर अनुसारको मोडल छनोट गर्न सहयोग गर्ने हामीले विश्वास लिएका छौं ।’

पावरफूल इन्जिन

१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ ।

आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टिभिएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा छ, जसले ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

स्मार्ट कनेक्ट सुविधा

चालकले आफ्नो मोवाइलमा एपमार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्नेछन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोवाइलमा हुने कल तथा एसएमएस गतिविधि यहाँ हेर्न सकिने छ ।

कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहने छ । यसमा टाइम ल्याप मिटर पनि छ । यो विशेषत रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो ।

चालकले यसमा टप स्पीड मोडको प्रयोगबाट आफ्नो उच्चगति रेकर्ड गर्न सक्ने छन् । चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पीड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिँदा उक्त टप स्पीड डिस्प्लेमा देखिने छ ।

नयाँ फिचर्स

यसका अलावा कम्पनीले यसमा ०–६० रेकर्ड इन्डिकेटर दिएको छ । उक्त इन्डिकेटरले ० देखि ६० को स्पीड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ ।

त्यसैगरि नयाँ आरटीआर १६० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपीएम अर्लट, एबीएस इन्डिकेटर जस्ता फिचर  छ ।

यसका अलावा यसमा लिन एंगल, ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कल अर्लट मोड उपलब्ध छ ।

लिन एंगल फिचर मोटरसाइकल चलाउँदा कति डिग्रिमा मोटरसाइकल लिन भयो, कति आरपीएमा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्न सकिन्छ । बिशेषत यो फिचरले नयाँ राइडरलाई आफ्नो राइडिङ क्षमता विकास गर्न मद्धत गर्छ ।

यस्तै यसमा रहेको ट्रिप मोडले चालकले लामो यात्रा गर्दा पार गरेको दुरी, प्रयोग गरेको रुट लगायतका धेरै सूचना राख्न मद्धत गर्छ । यस्तै सर्ट राइड मोडमा एक पटक इग्निसन अफ गर्दासम्मको सूचना यसले राख्छ ।

मोवाइल मार्फत टर्न वाइ टर्न नेभिगेशन प्रयोग गर्न सकिन्छ । स्मार्ट कनेक्ट मार्फत मोवाइलमा आएको म्यासेज तथा कल कन्सोलमा देख्न सकिन्छ ।

कम्पनीले यसमा ‘कि फिचर’को रुपमा क्रयास अर्लट फिचर दिएको छ । कुनै पनि अवस्थामा मोटरसाइकल दुर्घटनामा पर्दा उक्त फिचरमार्फत लोकेशनसहित दुर्घटनाको सूचना अर्को राइडरलाई नोटिफिकेशन जान्छ । साथै नजिकको अस्पतालको लोकेशन समेत देखिने छ । यो बिशेषत ग्रुपमा राइड गर्दा महत्वपूर्ण हुन्छ ।

यस्तै यो मोटरसाइकलको ह्यान्डलबार को वाँयातर्फको टर्न इन्डिकेटरसँगै नयाँ आइ-साइन इन्डिकेटर दिइएको छ । यात्राको क्रममा बाटोमा फ्युल सकिएमा उक्त बटन दवाएर नजिक रहेको पेट्रोल पम्पको लोकेशन पाउन सकिन्छ ।

सुविधाजनक मूल्य

यसअघि बिक्री हुँदै आएको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको थियो भने नयाँ सार्वजनिक भएको एबीएस र स्मार्ट कनेक्ट सहितको आरटीआर १६० फोर भीको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरि नयाँ सार्वजनिक भएको कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ । यसअघि बिक्री हुँदै आएको डबल डिस्क भेरियन्टको मूल्य भने २ लाख ९० हजार ९०० रुपैयाँ तोकिएको छ ।

जगदम्बा मोटर्स प्रालिको देशभर रहेका १०० भन्दा बढी सेल्स, सर्भिस र स्पेर्यर पार्टसको सेवा दिने सेन्टरहरुबाट नयाँ मोटरसाइकल आजदेखि नै बिक्री सुरु गरेको छ।

नयाँ शोरूम पनि 

जगदम्बा मोटर्सले  काठमाडौंको सानो भर्‍याङमा नयाँ शोरुम खोलेको छ । ‘जगदम्बा इन्जिनियरिङ्ग’ नामक शोरुम सञ्चालनमा ल्याइएको हो ।

कम्पनीका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रावलले नयाँ शोरुमको आधिकारिक उद्घाटन भने आगामी कार्तिक १ गते घटस्थापनाको दिन हुने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment