Comments Add Comment

क्लासिक टेकका ग्राहकलाई दशैंमा ५५सयसम्मको छुट पाउने अवसर

२६ असोज, काठमाडौं ।  क्लासिक टेक प्रालिले हरेक ग्राहकहरुको लागि नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर रु.५५,०० सम्मको भारी छुट पाईने अफर ल्याएको छ । कम्पनीले रु ५,५०० मूल्य बराबरको इन्टरनेट सेवाको रिचार्जमा छुट र बोनस उपलब्ध गराउनेछ ।

कम्पनीले दशैंको अवसरमा ल्याएको नयाँ अफर अनुसार कम्पनीका हालका ग्राहकहरुले इन्टरनेट सेवाको १ वर्षको रिचार्ज गरेको खण्डमा रु ५,५०० बराबरको छुट प्राप्त गर्नेछन् । त्यसैगरी ग्राहकहरुले ६ महिनाको इन्टरनेट सेवा रिचार्ज गरेको खण्डमा रु.२,८०० बराबरको छुट प्राप्त गर्नेछन् ।

कम्पनीले पुराना ग्राहकहरुको लागि नयाँ रेफर अफर समेत सार्वजनिक गरेको छ । यसअनुसार ग्राहकहरुले क्लासिक टेकको मोबाइल एपमा गएर रेफरमा क्लिक गरेर आफ्ना साथीभाई तथा आफन्तहरुको नाम र नम्बर ठेगाना राख्नुपर्ने हुन्छ र उहाँहरुले रेफर योजनाअन्तरगत १ वर्षको सब्सक्रिप्सनमा २ महिनाको बोनस इन्टरनेट र आईपी टिभी सेवा निशुल्क पाईनेछ भने ६ महिनाको सब्सक्रिप्सनको साथमा १ महिनाको बोनस इन्टरनेट सेवा र आईपी टिभी निःशुल्क पाईनेछ । त्यसैगरि ३ महिनाको सब्सक्रिप्सनको साथमा १५ दिनको बोनस र आईपीटिभी उपलब्ध हुनेछ ।

क्लासिक टेकले ल्याएको यो योजना नेपालभर रहेका क्लासिक टेकका ग्राहकहरुको लागि उपलब्ध हुने क्लासिक टेकका प्रमुख सेल्स र मार्केटिङ्ग अफिसर बिनय अधिकारीले जानकारी दिए । उनकाअनुसार यो अफरमार्फत ग्राहकहरुलाई उच्च गुणस्तरको इन्टरनेट सेवा दिन कम्पनी आक्रामक रुपमा अगाडि बढ्नेछ ।

रेफरको बारेमा थप जानकारी थाहा पाउनका लागि क्लासिक टेकको यूट्यूब च्यानलमा हेर्न सक्नुहुनेछ, साथै क्लासिक टेकको नयाँ नयाँ योजना र अफरहरु तथा सेवा सुबिधाहरुको बारेमा जानकारी लिन कम्पनीको भाइबर कम्युनिटीमा जोडिएर तथा फेसबुक मार्फत पनि थाहा पाउन सकिनेछ ।

रेफर गर्ने तरिका
क्लासिक टेकको मोबाइल एप गूगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्नुस् ।
स्टेप १ः क्लासिक टेकले दिएको यूजरनेमर पासवर्डका साथमा लगइन गर्नुस् ।
स्टेप २ः रेफर ट्याबमा क्लिक गर्नुहोस् ।
स्टेप ३ः नयाँ पेज देखापर्नेछ । त्यसमा तपाईँले रेफर गर्न चाहेको तपाईँको साथिको बारेमा आवश्यक जानकारी हाल्नुहोस् ।
स्पेट ४ः फर्म भरिसकेपछि त्यहाँ रहेको सबमिटमा क्लिक गर्नुहोस् ।
स्टेप ५ः इन्स्टलेशन र कुल भुक्तानी सम्पन्न भएपछि तपाईँले इन्टरनेट र आईपिटिभीमा बोनस पाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment