+
+
Shares

सोती घटनाको आदेशमा उच्च अदालतका न्यायाधीशको राय बाझियो

विश्वास खड्काथोकी विश्वास खड्काथोकी
२०७७ असोज २६ गते २०:१८

२६ असोज, काठमाडौं । रुकुम पश्चिमको सोतीमा दलित युवक नवराज विक र उनका साथी हत्याको घटनाको विषयमा उच्च अदालत सुर्खेतका न्यायाधीशबीच राय बाझिएको छ ।

जिल्ला अदालत रुकुम पश्चिमले पुर्पक्षका लागि थुनामा पठाएका प्रतिवादीले गरेको पुनरावेदन निवेदनमाथिको थुनछेक आदेशमा मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच राय बाझिएको हो ।

प्रतिवादीहरु दिल्ली घर्ती, तुलाराम घर्ती, लोकेन्द्र घर्ती, भीमबहादुर बुढा र सविन पुनको सोती घटनामा संलग्नता नरहेकाले साधारण तारेखमा छाड्नुपर्ने भनी मुख्य न्यायाधीश चुडालले दिएको आदेशमा भट्टले फरक राय दिएका हुन् ।

भट्टले दिएको फरक रायमा भनिएको छ ‘उनीहरुलाई अहिले नै निर्दोष भन्न सक्ने अवस्था नरहेको हुँदा माननीयको रायमा सहमत हुन सकिएन ।’ राय बाझिएपछि अब यो मुद्धा अब तेस्रो न्यायाधीशसामु पेश हुने भएको छ । दशैलगत्तै पछि यस मुद्धामा पुन आदेश हुने उच्च अदालतका रजिस्ट्रार माधवप्रसाद पौडेलले जानकारी दिए ।

गत १० जेठमा जाजरकोटबाट रुकुम पश्चिममा आफ्नी प्रेमिकासँग विवाह गर्न भनी गएका २१ वर्षका नवराज विक र उनका छ जना साथीको हत्या भएको थियो ।

कर्तव्य ज्यान र जातीय विभेदविरुद्ध ३४ जनाविरुद्ध किटानी जाहेरी परेपछि जिल्ला अदालत रुकुम पश्चिमले ३० जनालाई पुर्पक्षका लागि थुनामा राख्न, नवराजकी प्रेमिकाकी आमालाई १ लाख धरौटीमा छाड्न र अरु ३ जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

पुर्पक्षका लागि थुनामा राख्न आदेश भएकामध्ये नवराजकी प्रेमिका र उनका भाइ नाबालक रहेकाले सुधार गृहमा राख्न आदेश दिएको थियो ।

नवराजकी प्रेमिकाकी आमालाई धरौटीमा र अरु ३ जनालाई साधारण तारेखमा छाड्ने आदेशमा चित्त नबुझेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले उच्च अदालत सुर्खेतमा निवेदन दिएको थियो । त्यस्तै पुर्पक्षका लागि थुनामा राख्न आदेश भएकाहरुले आफूहरु निर्दोष रहेको भन्दै उच्च अदालतमै निवेदन दर्ता गराएका थिए ।

उच्च अदालतले किशोरीकी आमालाई एक लाख रुपैयाँ धरौटी र थुनामा रहेका तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ललाई साधारण तारेखमा छोड्ने जिल्ला अदालतकै आदेशलाई सदर गरेको छ ।

त्यस्तै उच्च अदालतले नवराजकी प्रेमिका र उनका भाइलाई कोभिड १९ को महामारीलाई समेत मध्यनजर गरी संरक्षकको जिम्मा लगाउन आदेश दिएको छ ।

‘आमालाई छोड्नु न्यायसम्मत छैन’

जिल्ला अदालतले नवराजकी प्रेमिकाकी आमालाई एक लाख धरौटी र अरु ३ जनालाई साधारण तारेखमा छाड्ने आदेश दिनु न्यायसम्मत नभएको अधिवक्ता श्वम विक बताउँछन् ।

‘केटीको आमा घटनाको प्रमुख सुरुवातकर्तामा पर्नुहुन्छ । उनलाई कैद हुँदा पनि कम्तीमा १० वर्षभन्दा कम हुँदैन’, नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय सदस्य विकले भने, ‘डुम भनेर गाली गर्दै सम्पूर्ण घटनाको शुरुवात उहाँबाटै भएकाले प्रमुख पात्रलाई छोड्नु न्यायचित छैन ।’

अधिवक्ताले विकले पनि जाहेरवालाको तर्फबाट जिल्ला अदालतमा बहस पनि गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?