Comments Add Comment

बेलायतमा तीन तहको लकडाउनको घोषणा

२७ असोज, काठमाडौं । पछिल्लो समय पुनः कोरोना भाइरस (कोभिड–१९) का संक्रमण बढेसँगै बेलायतले तीन तहको लकडाउनको घोषणा गरेको छ । सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले जोखिमको आधारमा तहगत लकडाउन गर्ने निर्णय गरेका हुन् । तहगत लकडाउन अनुसार मध्यम, उच्च र अति उच्च जोखिम छन् ।

अहिले गरिएको घोषणाअनुसार बेलायतको लिभरपुल सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा परेको छ । त्यसैले यहाँका पबहरु, जिमलगायतका स्थानहरु बन्द गरिएको छ ।

जोन्सनले बेलायतको लकडाउनलाई ‘सरलीकरण र विशिष्टीकृत’ गराउनका लागि नयाँ योजना ल्याइएको बताएका छन् । उनले अहिले बेलायत सबैभन्दा महत्पवपूर्ण अवस्थामा प्रवेश गरेको पनि उल्लेख गरेका छन् । गत मार्चमा लकडाउन गर्दाको तुलनामा अहिले धेरै बिरामी अस्पतालमा भर्ना हुन थालेको जोन्सनले बताएका छन् ।

जोन्सनले नयाँ लकडाउन लगाइनुको उद्देश्य मानिसहरुलाई घरमा बन्द नगरी कोरोना नियन्त्रण गर्नु रहेको बताए । अझै पनि बेलायतमा पसलहरु, विद्यालय तथा कलेजहरु पनि खुला रहनेछन् ।

स्रोत : एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment