Comments Add Comment

नयाँ बर्षपछि दशैंमा पनि सुनसान फिल्म क्षेत्र

गतबर्षको अन्त्यमा रिलिजका लागि तयार भएका २ चलचित्र रिलिज हुन पाएनन् । नयाँ बर्षको अवसरमा चलचित्र रिलिज गर्दा दर्शकको चाप धेरै हुने र निर्मातालाई लगानी सुरक्षित गर्न सहज हुन्छ । यसैले नयाँ बर्ष धेरै निर्माताका लागि सधै टार्गेटमा रहन्छ ।

तर, गतबर्षको चैत्र ११ गतेबाट सरकारले कोरोना महामारीका कारण लकडाउन गरेपछि चलचित्र हल बन्द भए । हल बन्द भएपछि रिलिजका लागि तयार चलचित्र पनि रोकिए ।

नयाँ बर्षसँगै तीज पर्वमा पनि चलचित्र रिलिज हुन पाएन । चलचित्रले बम्पर व्यापार गर्ने अर्को समय भनेको दशैं हो । दशैंमा हल संचालक र निर्माताका लागि नै ठूलो राहत हुने गरेको छ । तर, यसपटकको दशैंमा पनि चलचित्र क्षेत्र सुनसान नै हुने देखिएको छ ।

केही हप्ता अगाडि सीएमसीसीसँगको बैठकमा चलचित्र क्षेत्र सुचारु गर्न संघसंस्थाका प्रतिनिधीले आग्रह गरेका थिए । सीएमसीसीका प्रतिनिधी चलचित्र क्षेत्र सुचारु गर्न सकारात्मक पनि देखिएका थिए । तर, देशभर कोरोना भाइरस संक्रमितको संख्या बढेपछि यो बर्षको दशैंमा पनि हल संचालनमा आउने संभावना कम देखिएको छ । अब, यदि सरकारले दशैंमा हल खोल्ने निर्णय गरेपनि नयाँ चलचित्र रिलिज हुने संभावना छैन । किनकी, दशैं सुरु हुन केही दिन मात्र बाँकी छ ।

दशैंमा हल संचालनमा आएको खण्डमा केही हदसम्म राहत मिल्ने अपेक्षा हल संचालकहरुको थियो । तर, लामो बिदा हुने दशैं पनि सुनसान हुँदा हल संचालकहरुको अपेक्षा निराशामा बदलिएको छ भने विगत ७ महिनादेखि हल संचालकहरु करोडौ घाटा व्यहोर्न वाध्य छन् ।

सरकारले आन्तरिक हवाई उडान, लामो दुरीका यातायात, होटल खुल्ला गरेपनि चलचित्र क्षेत्रलाई वास्ता गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment