Comments Add Comment

अमेरिकाले सेप्टेम्बरमा ६० जासुसी विमान चीननजिकै पठाएको दाबी

२७ असोज, काठमाडौं । चिनियाँ थिंकट्यांक कम्पनीले गत सेप्टेम्बरमा अमेरिकाले कम्तीमा ६० विमान चीनको जासुसीको लागि चीननजिकै पठाएको दाबी गरेको छ । साथै अमेरिकाले भविष्यमा दक्षिण चीन सागरमा आफ्नो लामो दुरीको मिसन सुरु गर्ने तयारी गरिरहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

गत महिना जासुसीको लागि चीनको नतिजा आएकामध्ये ४१ विमान विवादित दक्षिण चीन सागरमाथि उडाइएको थियो । ६ वटा पूर्वी चीन सागर र १३ ओटा विमान पित सागरमा उडाइएको चिनियाँ सरकारको सहयोगमा स्थापना भएको साउथ चाइना स्ट्राटेजिक सिचुएसन प्रोबिङ इनिशिएटिभ -एससीएसपीआई)ले बताएको हो ।

गत महिना उल्लेख्य मात्रामा बढेको गतिविधिले दक्षिण चीन सागरमा अमेरिकाले लामो दुरीको आक्रमण गर्न सक्ने अशंका गरिएको छ । प्रतिवेदना उल्लेख गरिएअनुसार अमेरिकाले गुआमबाट दक्षिण चीन सागरमा जासुसीको काम गरिरहेको उल्लेख गरिएको छ ।

यसरी जासुसीको लागि आउने विमानहरु नियमित र विशेष गरी दुई किसिमको रहेको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय अमेरिका र चीनबीच तनाव उत्पन्न भइरहेको समयमा यस्तो प्रतिवेदन सार्वजनिक भएको हो ।

स्रोत : साउथ चाइना मर्निङ पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment