Comments Add Comment

माल्दिभ्समा प्रेमीसँग तापसी

नायिका तापसी पन्नु माल्दिभ्समा होलिडे मनाउन पुगेकी छिन् । केही दिनदेखि सामाजिक संजालमा उनका हट तस्वीर सार्वजनिक भैरहेका छन् । चलचित्रको पर्दामा फरक भूमिका गर्न माहिर यी नायिका माल्दिभ्समा आफ्नो परिवारको साथमा होलिडे मनाइरहेकी छिन् । तर, तापसीले सार्वजनिक गरेको एक भिडियोमा भने उनी प्रेमीसँग पनि देखिएकी छिन् ।

तापसीका प्रेमी मथियास बोए पनि उनीसँगै रहेको भिडियोबाट प्रष्ट हुन्छ । तापसी र मथियास केही समयदेखि प्रेममा छन् । तर, तापसीले प्रेमको बारेमा मिडियामा केही पनि बताएकी थिइनन् ।

माथियास डेनमार्कका ब्याडमिन्टन खेलाडी हुन् । उनी भारतमा बस्दै आएका छन् । मथियास र तापसी केही समय अगाडि डिनर डेटमा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment