Comments Add Comment

कर्णालीको विवादबारे ओली-प्रचण्डको अढाइ घण्टा छलफल

२८ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीसँग सम्वाद गर्न प्रचण्ड बिहान सवा नौ बजे बालुवाटार पुगेका थिए ।

दुई अध्यक्षबीच अढाइ घण्टा लामो सम्वाद भएको छ । कर्णालीमा नेकपामा देखिएको विवादबारे दुई अध्यक्ष बीच सम्वाद भएको  स्रोतले जनायो । तर, ठोस् सहमति भने जुट्न सकेन । ‘कर्णालीका नेताहरुसँग बसेपछि मात्रै समाधानको विकल्पमा छलफल हुन्छ, आज त्यस्तो ठोस् निष्कर्ष आएन’, बालुवाटार स्रोतले भन्यो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाको विवाद छताछुल्ल भएको छ । तर, अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पछाडि हटेपछि मुख्यमन्त्रीको पद जोगिएको छ ।

मुख्यमन्त्री शाही र नेता नेपाल समूहबीच मन्त्रिपरिषद् पुनगर्ठन गर्ने र सचेतक नियुक्त गर्ने सहमति जुटेपछि अविश्वासको प्रस्ताव बिफल भएको थियो ।

नेता नेपाल पक्षका थप तीनजना मन्त्री बनाउने र सचेतक नियुक्त गर्ने सहमति भए पनि मन्त्रिपरिषद् पुनर्गठन भने हुन सकेको छैन । दुई अध्यक्ष ओली र प्रचण्डले पत्र पठाउँदै थप कदम कसैले नचाल्न निर्देशन दिएका छन् भने भोलि छलफलका लागि कर्णालीका नेताहरुलाई काठमाडौं बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment