Comments Add Comment

गेट्सको ‘सात हिरोज’मा एक नेपाली

अर्बपति बिल गेट्सको ब्लग गेट्स नोटले कोरोना भाइरस (कोभिड-१९) मा चर्चामा नआएका ‘सेभेन हिरोज’मा एक नेपाली पनि परेकी छिन् । गेट्सको उक्त ब्लगमा महामारीको समयमा अविश्वसनीयरुपमा काम गर्ने ७ व्यक्तिको वर्णन गरिएको छ । गेट्सको यो सूचीमा मेरी स्टोप्स नेपालकी सामाजिक स्वास्थ्य कार्यकर्ता लक्ष्मी रायमाझी पनि परेकी हुन् ।

गेट्सले महामारीभन्दा पहिला पनि जन्मदर नियन्त्रणमाको क्षेत्रमा ग्रामीण क्षेत्रमा काम गर्दै आएकी लक्ष्मीको काम सहज भने नरहेको उल्लेख गरेका छन् ।

महामारीभन्दा पहलिा लक्ष्मी लामो समय कठिन उकालो/ओरालो, खोला र पहिरो गएको कठिन बाटोहरु पार गर्दै मानिसहरुलाई सेवा दिन गाउँहरुमा पुग्थिन् । महामारीमा अर्को समस्या पनि थपियो । राष्ट्रव्यापी लकडाउनको लागि आपूर्ति रोकियो ।

साथै अस्पतालमा बिरामीहरुको घुइँचो बढ्यो । जसको कारण महिलाहरुलाई यौनिक तथा प्रजनन स्वास्थ्य स्याहार दिनु निकै कठिन काम बन्यो । त्यसका साथै धेरै महिलाहरु स्थानीय स्वास्थ्य चौकीमा सेवा लिन पनि आएनन् । किनकि उनीहरुलाई कोरोना संक्रमणको त्रास थियो ।

यस किसिमको स्वास्थ्य स्याहारको चुनौती अहिले विश्वभरका महिलाहरुले सामना गरिरहेका छन् । एक अनुमानका अनुसार यदि यो अवरोध जारी रहने हो भने निम्न तथा मध्यम आय भएका मुलुकका चार करोड ९० लाख थप महिलाले आगामी वर्ष गर्भनिरोधक सेवा पाउन सक्दैनन् । जसको कारण एक करोड ५० लाख महिला इच्छाविपरीत गर्भवती हुन सक्ने अनुमान गरिएको छ । यद्यपि लक्ष्मी र उनीजस्ता हजारौं स्वास्थ्य सेवा प्रदायकहरुले अनवरतरुपमा अवरोध पन्छाउँदै आफ्नो काम गरिरहेका छन् ।

लक्ष्मीले नेपालको ग्रामीण क्षेत्रको स्वास्थ्य चौकीमा गएर आवश्यक परेका महिलालाई सेवा दिने काम जारी राखेकी छिन् । प्रत्यक्षरुपमा भेट्न नसक्ने मानिसहरुलाई उनले फोनबाटै परामर्श दिने गरेकी छिन् । उनी भन्छिन्, ‘मेरो प्रयासले महिलाको स्वास्थ्य राम्रो हुन्छ र हाम्रो समुदायमा राम्रो असर पर्छ भने म खुसी हुन्छु, ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment