+
+
Shares

११ नाल भरुवा बन्दुकसहित १० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २८ गते १७:४१
फाइल तस्वीर

२८ असोज, काठमाडौं । प्रहरीले बागलुङको बुङखानीबाट ११ नाल भरुवा बन्दुकसहित १० जनालाई बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तमानखोला गाउँपालिका–२ बुङखानी बस्ने ६४ वर्षीय भिमबहादुर कामी, ४१ वर्षीय सुरेश रसाइली, २९ वर्षीय मोतीप्रसाद रसाइली, ४६ वर्षीय धनबहादुर छन्त्याल, २१ वर्षीय नकुल रसाइली, २८ वर्षीय तुला सिंह छन्त्याल, ३१ वर्षीय भुपाल छन्त्याल, ६६ वर्षीय गुनवीर छन्त्याल, ४५ वर्षीय जालबहादुर छन्त्याल र ६० वर्षीय भानबहादुर रसाइली रहेका छन् ।

घरमा अबैध रुपमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरीको टोलीले ११ नाल भरुवा बन्दुक र २ नाल बन्दुक बनाउन प्रयोग हुने सामग्री बरामद गरेको हो ।

भरुवा बन्दुक बरामद

बर्दियाको बढैयाताल गाउँपालिका–१ सानो डाँफेस्थित सडकबाट वेवारिसे अवस्थामा १ थान भरुवा बन्दुक बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीको टोलीले लोड भएको अवस्थामा मंगलबार राति बन्दुक बरामद गरेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?