Comments Add Comment

स्याङ्जा प्रवेशका लागि पीसीआर रिपोर्ट अनिवार्य

२९ असोज, काठमाडौं । स्थानीय प्रशासनले स्याङ्जा जिल्ला प्रवेशका लागि पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । यो नियम असोज १ गतेदेखि लागू गर्ने प्रशासनले जनाएको छ ।

कोरोनाको उच्च जोखिम भएका स्थानबाट आउने व्यक्तिहरुले ७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतद्वारा बुधबार जारी आदेशमा उल्लेख छ । पीसीआर रिपोर्ट दिन नसक्ने व्यक्ति क्वारेन्टिनमा बसेर मात्रै घर जान पाउने आदेशमा भनिएको छ ।

जो जहाँ छ, त्यहीँ बसेर चाडपर्व मनाउन पनि प्रशासनले सर्वसाधरणसँग अपिल गरेको छ ।

दसैं लगायतका चाडपर्वमा नागरिकको आवतजावत बढ्न जाँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै प्रशासनले जिल्ला प्रवेशमा कडाइ गर्ने नीति अवलम्बन गरेको हो ।

प्रशासनले जारी गरेको आदेश :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment