+
+
Shares

हसनको प्रश्न–‘समस्या व्यक्त गरेनौं भने समाधान कसरी हुन्छ ?’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १३:३१

नायक तथा निर्माता हसनराजा खानले कुनै पनि समस्याको बिषयमा नबोल्ने हो भने त्यसको समाधान कसरी हुन्छ भनेर प्रश्न गरेका छन् ।

चलचित्र ‘रोमियो’मा अभिनय गरेका हसन अहिले दुबइमा छन् । दुबइमा रहेका हसनले ‘साहास नेपालीको’ नामक युटुब च्यानल संचालन गरिरहेका छन् । सो च्यानलमा उनले नेपाल र नेपालीको समस्याको बिषयमा आवाज उठाउने बताए ।

हसनले नेपालमा बढ्दै गएको बलात्कारको बिषयमा आफ्नो भनाई राख्दै समस्या परेपछि त्यसलाई व्यक्त गर्न डराउन नहुने बताए ।

उनले भने–‘२ महिना, ६ महिना, २ बर्षको बालिका बलात्कार भएको घटना सार्वजनिक भैरहेका छन् । हामी कस्तो समाजको निर्माण गर्दैछौ । आज मलाई यी घटनाले पुरुष भएकोमा लाज लागेको छ ।’

हसनले आफूमाथि हुने शोषणको बिषयमा बोल्न आग्रह गरेका छन् । बलात्कारको घटनाको बिषयमा आफूले अहिलेसम्म कुनै समाधान नदेखेको भन्दै उनले बलियो कानुनको आवश्यकता रहेको बताए ।

उनले, बलात्कारको घटनाका दोषीलाई ७ दिन भित्रमा दण्डित गर्नुपर्ने तर्क राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?