Comments Add Comment

भान्साका मरमसला, थरीथरी ओखती

पोषणविद्हरु भन्छन्,  हाम्रो भान्सामा पाक्ने परम्परागत खाना नै सम्पूर्ण भोजन हो । आफ्नै भान्साको खाना, मौसमी सागपात, गेडागुडी, फलफूल आदिबाट हामीले पर्याप्त पोषक तत्व पाउँछौं ।

हामीले खाने परम्पारगत थाली यसरी तयार भएको छ कि, त्यसमा स्वाद र पोषण दुबै छ । अमिलो, पिरो, नुनिलो, टर्रो, तीतो सवैथरी स्वाद । स्वाद मात्र कहाँ हो र ? औषधिय गुणले पनि भरिपूर्ण छ हाम्रो भन्सा ।

भान्साका मरमसलाको औषधिय गुण 

जीरा : जीराले खाना पचाउन मद्दत गर्छ । यसले पेटमा ग्याँस बढ्ने समस्यामा ठूलो राहत दिन्छ ।

धनियाँ : धनियाँले खाना पचाउन सहयोग गर्छ । यसले एसिडिटी, पिसाब पोल्ने समस्यालाई ठीक गर्छ ।

बेसार : सागसब्जीलाई आकर्षक देखाउन प्रयोग गरिन्छ, बेसार । तर, यो आफैमा औषधिय गुणले भरिपूर्ण छ । बेसारले रगत सफा गर्छ । कफ कम गराउँछ । चिसोबाट बचाउँछ । यसमा एन्टी सेप्टिक, एन्टी बायोटिक, एन्टी एलर्जिक एवं एन्टी फंगल गुण हुन्छन् ।

मेथी : मेथीले पेटमा ग्याास भरिने समस्यामा राहत दिलाउँछ । मधुमेह, जोर्नी दुख्ने समस्या तथा पाचन प्रणालीसम्बन्धी समस्यामा फाइदा गर्छ । बपालका लागि पनि मेथी राम्रो मानिन्छ ।

ज्वानो : ज्वानो पनि पेटका लागि हरेक हिसाबले फाइदाजनक मानिन्छ । यसले पेटको कीरा मार्छ । रुघाखोकीको समस्या छ भने यसको सेवनले फाइदा गर्छ ।

लसुन : लसुनमा रहेको यौगिक र रसायनले केहि प्रकारको क्यान्सरको कोशिका शरीरमा बढ्न दिदैन । लसुनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग गर्छ । लसुन आफ्नो एन्टिअक्सिडेन्ट गुणको कारण कोलेस्टोरको स्तर नियन्त्रित राख्न उपयोगी हुन्छ । के पनि पाइएको छ भने, नियमित रुपले लसुन सेवन गर्दा उच्च रक्तचाप र ब्लड सुगर पनि नियन्त्रण भएको छ ।

अदुवा : अदुवाको सेवनले हाम्रो शरीरको मेटाबोलिज्ममा सोझो असर गर्छ, जसले गर्दा तौल घट्छ । अदूवामा कुनै क्यालोरी हुँदैन र यसले शरीरको मेटाबोलिज्मलाई पनि बढाउँछ । रुघा, खोकी र राम्रो पाचनका लागि पनि अदुवा उपयोगी हुन्छ ।

प्याज : कब्जियतको समस्या होस् वा मधुमेह, प्याजको सेवन लाभदायक हुनसक्छ । प्याजलाई सब्जीमा मिसाएर सेवन गरिन्छ । यद्यपी सलादको रुपमा काँचो प्याज खानु बढी प्रभावकारी हुन्छ । हुन त प्याज सेवन गरेपछि मुखमा गन्ध आउन सक्छ । तर, प्यास खानसाथ दाँत ब्रस गर्न सकिन्छ । किनभने यसले शारीरिक स्वास्थ्य र सुन्दरताको लागि प्रभावकारी काम गर्छ ।

ल्वाङ : ल्वाङमा एन्टी सेप्टिक गुण हुन्छ । यसले मुखको दुर्गन्ध हटाउँछ । पाचन शक्ति बढाउँछ र एसिडिटी हटाउन सहयोग गर्छ ।

सुकुमेल :सुकुमेलले एसिडिटी हटाउँछ । बढी खाना खाँदा हुने छटपटीलाई सुकुमेलले छिनभरमै हटाइदिन्छ ।

मरिच :मरिचले रुघाखोकीबाट बचाउन सहयोग गर्छ । यसको नियमित सेवन गर्दा पाचन ठीक रहनुका साथै भोक पनि जाग्छ ।

हिङ :हिङले पेटमा ग्याँस भरिने समस्या हटाउँछ । तर यो खाँदा मात्रामा विशेष सतर्क हुनुपर्छ । यसले गर्भवतीलाई फाइदा नगर्नसक्छ । साथै यो धेरै खाइयो भने हड्डीमा समेत असर पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment