+
+
Shares

प्रहरीलाई गृहमन्त्रीको निर्देशन : विप्लव समूहलाई निस्तेज पार्न कुनै सम्झौता नगर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १५:५०

३० असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिबन्धित विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनमा कतै पनि सम्झौता गर्नु नहुने बताएका हुन् ।

‘संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक, अधिकार निर्भीकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोशिस गरिरहेका छन्’, बादलले भनेका छन्, ‘त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता गर्ने छैन भन्ने मेरो पूर्ण विश्वास छ ।’

उनले अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रुपमा योजनाबद्ध तरिकाले अघि बढ्न पनि निर्देशन दिएका छन् । त्यसका लागि मन्त्रालयबाट उचित समन्वय र सहयोग उपलब्ध गराउने वचन पनि बादलले दिएका छन् ।

महामारी नियन्त्रणका क्रममा लगिएको लकडाउन र संक्रमणका कारण नयाँ सुरक्षा चुनौतीहरुको सामना गर्नु परिरहेको बताउँदै उनले यसमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?