+
+
Shares

कालो ड्रेसमा सुर्खेतका किशोरीको प्रदर्शन : अझै कति सहने ?

यज्ञ खत्री यज्ञ खत्री
२०७७ असोज ३० गते १६:५०

३० असोज, सुर्खेत । बलात्कारबिरुद्ध कालो पोशाक लगाएर सुर्खेतका किशोरीहले वीरेन्द्रनगरमा प्रर्दशन गरेका छन् । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको र दोषीलाई कारबाही नभएको भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।

वीरेन्द्रनगरको मंगलगढी चोकमा पीडितको न्यायका लागि किशोरीहरुले कालो लुगा र मुख छोप्ने गरी कालो पट्टी बाधेर प्रर्दशन गरेका छन् । उनीहरुले हातमा ‘अझै कति सहने, नो मिन्स् नो, स्टप रेप, माइ ड्रेस डजनट् मिन्स् यस’ लगायत नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

बलात्कारीविरुद्ध कडा कानुन ल्याउन सरकारलाई दबाब दिन प्रदर्शन गरेको प्रदर्शनको अगुवाई गर्ने बिनिता बोगटीले बताइन् ।

देशमा बलात्कारका घटनाहरु बढ्दै गइरहेकाले आफूहरु सुरक्षित नरहेको उनीहरुले बताएका छन् । कार्यक्रममा बोल्दै अभियन्ता संगीता खड्काले महिला राष्ट्रपति भएको देशमा छोरी चेलीहरु असुरक्षित हुनु दुखद भएको बताइन् ।

हेर्नुहोस् तस्वीरहरु 

 

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?