Comments Add Comment

रौतहटका शक्तिपीठमा निषेधाज्ञा

३० असोज, रौतहट । दसैँको पूर्व सन्ध्यामा जिल्ला प्रशासन कार्यालय रौतहटले शक्तिपीठहरुमा निषेधाज्ञा जारी गरेको छ ।

घटस्थापनादेखि नवमीसम्म शक्तिपीठ, मन्दिरहरुमा नित्य पूजाबाहेक दर्शनको लागि जमघट हुन नदिन सूचना जारी गरेको छ ।

कोरोना संक्रमणको फैलदो जोखिमलाई मध्यनजर गर्दै सबै शक्ति पीठ तथा मन्दिरहरुमा नित्य पूजाबाहेक जमघट नहुने, परिवारजनबीचमात्र दसैँ मान्ने र जात्रा, मेलाहरु नगर्न निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले कुनै पनि भेला जमघट नगरी घरमै बसेर चाडपर्व मनाउन अनुरोध गर्दै पर्वको शुभकामना आदान प्रदान, देउसी भैलो, खेलकुद लगायतका सबै क्रियाकलाप संचालनमा बन्देज लगाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण चाडबाडको बेला झनै फैलिने खतरा रहेकोले सो को नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

चाडबाडका बेला धार्मिक, सामाजिक, साँस्कृतिक सद्भाव बिथोल्ने गतिविधि नगर्न, ध्वनि प्रदुषण हुने गरी चर्को स्वरमा माइक नबजाउन, जुवा तास नखेल्न समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment