Comments Add Comment

कर्णालीमा थपिए १०१ जना कोरोना संक्रमित

३० असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका चारवटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार १०१ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ७१ जना रहेका छन । जसमा कर्मचारी र सुरक्षाकर्मी सात/सात जना, जनप्रतिनिधि, राजनीतिकर्मी, व्यापारी एक/एकजना र अन्य कन्ट्याक्ट ट्रेसिङका रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ ।

त्यस्तै सल्यानमा ११ जना, दैलेखमा ८ जना, कालिकोटमा ६ जना, जुम्लामा ४ जना र रुकुम पश्चिममा एकजना रहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ४ हजार ९२५ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार शुक्रबार प्रदेशमा थप ७३ जना कोरोनामुक्त भएका छन । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ६७८ पुगेको छ ।

प्रदेशभर हालसम्मा १ हजार १९९ जना कोरोनाका सक्रिय संक्रमित रहेको कँडेलले बताए । कर्णालीमा हालसम्म कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment