Comments Add Comment

अनार चामलको ब्राण्ड दूत बने केकी र प्रकाश

नायिका केकी अधिकारी र गायक प्रकाश सपुत अनार चामलको ब्राण्ड एम्बेसडर बनेका छन् । शनिबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उनीहरुलाई आगामी वर्षका लागि ब्रान्ड एम्बेसडर घोषणा गरिएको हो ।

बडा दशैंको पहिलो दिन अर्थात् घटस्थापनाका दिन सान्वी इन्टरनेसनल प्रालीले नयाँ गुणस्तरमा ल्याइएको अनार चामलबारे जानकारी गराएको थियो । कम्पनीका अध्यक्ष भरत चलाउनेले नयाँ प्याकेजिङमा आएको अनार चामलमा उपभोक्ताले फरक स्वाद प्राप्त गर्ने बताए ।

‘नेपालीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुणस्तरयुक्त चामल ल्याएका छौं, पक्कै पनि सबैले रुचाइदिनुहुनेछ,’ उनले भने ।

चलाउनेका अनुसार अनार चामल ५ केजी, १० कजेी, २० केजी र २५ केजीको प्याकेजिङमा उपलब्ध छन् । नायिका केकी अनार चामलसँग दुई वर्षदेखि जोडिएकी थिइन् । प्रकाश भने आजबाट एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन् ।

केकीले यो चामलको स्वादबाट आफू पहिल्यैदेखि प्रभावित रहेको बताइन् । गुणस्तरीय वस्तुको प्रबद्र्धनमा योगदान दिन पाउँदा आफूलाई सन्तुष्टि मिलेको उनको भनाइ थियो । प्रकाशले पनि यो चामल आफूले चाखेको र फरक स्वाद भेटेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment