Comments Add Comment

यसकारण साराले ‘कुल्ली नम्बर १’को प्रचार नगर्ने

नायिका साराअली खान र नायक वरुण धवनको मुख्य भूमिका रहेको चलचित्र ‘कुल्ली नम्बर १’ डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ । क्रिसमसको अवसर पारेर रिलिज हुन लागेको यो चलचित्रको प्रचारमा भने नायिका साराअली खान सहभागी हुने छैनन् ।

सारा पछिल्लो समयमा ड्रग्सको मुद्दाका कारण आलोचित पनि बन्दै आएकी छिन् । एनसीबीले उनीसँग यो बिषयमा सोधपुछ पनि गरिसकेको छ । साराले आफूले ड्रग्सको सेवन नगरेको बताएकी थिइन् । अब, उनै सारा चलचित्रको प्रचारमा सहभागी नभएर मिडियासँग दुरी बनाउने तयारीमा छिन् ।

भारतीय मिडियाका अनुसार, साराले यो निर्णय लिनुको कारण अनावश्यक विवाद उत्पन्न नहोस् भनेर हो ।

मिडियामा फेरि सारा पुग्दा नेपोटिज्म र ड्रग्सको मुद्दा प्राथमिकतामा रहने भएकाले उनी चलचित्रको प्रचारमा नदेखिने भएकी हुन् । नायक वरुण धवनले पनि निकै कम मिडियासँग मात्र चलचित्रको बिषयमा अन्तरक्रिया गर्ने तयारी गरेका छन् ।

सारा ड्रग्सको मुद्दामा फसिरहँदा उनलाई सहयोग नगरेको भन्ने आरोप उनका पिता सैफअली खानले भोगिरहेका छन् । तर, सैफको योजना अनुसार नै सारा मौन बसेको भारतीय मिडियाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment