+
+
Shares

याहुले आफ्नो सबै वेबसाइट बन्द गर्दै 

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २ गते १३:५१
Photo Credit : AP

२ कात्तिक, काठमाडौं । भेरिजोनको स्वामित्वमा रहेको याहुले आफ्नो सबै वेबसाइट र त्यसका सबै कन्टेन्ट हटाउने भएको छ । भेरिजोनको इनग्याजेटले दिएको जानकारी अनुसार दुई चरणमा हुने यो प्रक्रियामा सबै वेबसाइट हराउनेछन् । याहुले अक्टोबर २८ देखि आफ्नो वेबसाइटमा कुनै पनि पोस्ट प्रकाशित गर्ने छैन । त्यस्तै डिसेम्बर १४ मा भने यसअघि पोस्ट गरिएका सबै कन्टेन्टहरु डिलिट गरिने इनग्याजेटले उल्लेख गरेको छ ।

यद्यपि प्रयोगकर्ताहरुले आफ्नो इमेलको माध्यमबाट याहु ग्रुपसँग जोडिन सक्छन् । तर, ती ग्रुपहरु पनि खाली हुनेछन् । त्यसपछि यी ग्रुपहरु प्राइभेट हुनेछन् र यी ग्रुपमा पोस्ट गर्न अनुमति लिनुपर्ने हुन्छ ।

प्रयोगकर्ताले आफ्नो इतिहास सुरक्षित गर्न चाहने हो भने उनीहरुले प्रत्यक्षरुपमा डाउनलोड गर्ने वा याहुको प्राइभेसी ड्यासबोर्डको माध्यमबाट आफ्नो डेटा सुरक्षित गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?