Comments Add Comment

लिपस्टिकबारे केही घटलाग्दा तथ्य

लिपस्टिक अर्थात महिलाहरुको सौन्दर्यको एक अभिन्न हिस्सा । ओंठको सौन्दर्य कायम राख्न लिपस्टिकको प्रयोग हुँदै आएको छ । अनुहारको मेकअपमा लिपस्टिक अनिवार्य जस्तै हुनेगर्छ । लिपस्टिकको प्रचलन कसरी सुरु भयो ? कहिलेबाट सुरु भयो ? यावत् कुरा निकै घतलाग्दा छन् । त्यसैगरी लिपस्टिकसँग जोडिएका अन्य कुराहरु पनि निकै रोचक छन् ।

सुरुका दिनहरुमा यसलाई लिपस्टिक भनिदैनथ्यो । विगतमा विभिन्न प्राकृतिक संसाधनबाट लिपस्टिक तयार गरिन्थ्यो, त्यसमा केही फल, माटो र किराफट्यांग्रा समेत सामेल गरिन्थ्यो ।

–पहिलो व्यवसायिक लिपस्टिक उत्पादन सन् १८८४ मा फ्रान्समा गरिएको थियो । त्यसबेला रेशमको कागज, दही, मह आदिबाट लिपस्टिक तयार गरिन्थ्यो ।

–विगतमा सिनेमामा महिलाहरुले कालो रंगको लिपस्टिक लगाउने गर्थे । त्यो श्यामश्ेवत सिनेमाको जमाना थियो । अतः रातो रंगभन्दा कालो रंग लगाउँदा बढि चहकिलो देखिने भएकाले सिनेमामा महिलाहरुले कालो लिपस्टिक लगाउँथे ।

–एउटा अनौठो तथ्य छ । जो महिला हरेक दिन लिपस्टिक लगाउँछन्, उनले जिन्दगीभरमा करिब दुई किलो लिपस्टिक खान्छन् ।

–उहिलेको जमानामा महिलाहरु हरेक शेडको लिपस्टिक लगाउँथे । रातो, गुलाबी, कालो र सेतो पनि ।

–सन् १९६० पछि मड कल्चरको उदयका क्रममा मान्छेहरुले ओंठमा सेतो लिपस्टिक लगाउन सुरु गरे ।

–कुनै बखत इंल्यान्डमा कस्तोसम्म कानुन थियो भने, कुनैपनि महिलाले विवाहको बेला लिपस्टिक लगाएमा उनका हुनेवाला श्रीमानले त्यही समयमा सम्बन्ध तोड्ने निर्णय लिन सक्नेछन् । अहिले यस्तो कानुन मान्य छैन ।

–विश्वको सबैभन्दा महंगो लिपस्टिक हो, ग्वर्लेनको विशेष किसिमको सुन र हीराको लिपस्टिक । उक्त लिपस्टिकमा हीरा र सुन पनि मिश्रण गरिएको छ ।

–दोस्रो विश्वयुद्धका क्रममा विस्टन चर्चिलले कस्मेटिक्समा केवल लिपस्टिकको उत्पादनलाई जारी राखेका थिए । किनकी उनलाई लाग्थ्यो, यसले मनोबल बढाइराख्न सहयोग गर्छ ।

–रानी एलिजावेथ प्रथमलाई लिपस्टिकप्रति एकदमै मोह थियो । यहाँसम्म कि उनले आफ्नो खराब स्वास्थ्य स्थिती हुँदा वा मृत्युको ठीक अघिल्लो दिन पनि लिपस्टिक लगाएका थिए ।

–लिपस्टिकको शेड्सको चमक बढाउनका लागि अहिले पनि माछाको छालाको माथिल्लो पत्र प्रयोग गरिन्छ ।

–भारतको बनारसमा एक व्यक्तिले महिलामाथि हुने हिंसा नियन्त्रण गर्न लिपस्टिक गन बनाए । हेर्दा सामान्य लिपस्टिक जस्तै देखिने उक्त गन महिलाले आफ्नो सुरक्षाका खातिर प्रयोग गर्न सक्छन् । त्यसको ट्रिगर बटन दबाएपछि त्यसले चर्को ध्वनी निकाल्छ ।

–लिपस्टिकका लागि द्रुत युट्युब सर्चले लगभग  १,१२०,००० परिणामहरु दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment