+
+

अस्पतालको तेस्रो तलाबाट बिरामीले हामफाले

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते ९:४३

३ कात्तिक, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट एक जना विरामीले हामफालेका छन् ।

घटनामा मानसिक रोगी सोलुखुम्बुका २६ वर्षीय रोशन खड्का गम्भिर घाइते भएको महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी जितेन्द्र बस्नेतले अनलाइनखबरलाई बताए ।

उनका अनुसार खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् । ‘घरमा हात, खुट्टा पोलेपछि अस्पतालमा ल्याउनु भएको रहेछ’, बस्नेतले भने, ‘सोमबार बिहान आमा औषधि लिन गएका बेला हाम फालेछन् ।’

घटनाबारे थप बुझ्ने काम भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?