Comments Add Comment

प्रकाशमानले काठमाडौं क्षेत्र नं. १ मा मास्क वितरण थाले

३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा मास्क वितरण सुरु गरेका छन् । आज बिहान वडा नम्बर ११ बाट मास्क वितरण अभियान शुरु गरिएको छ ।

स्थानीय पार्टी कार्यकर्ता, उपभोक्ता समिति र टोल सुधार समितिमार्फत काठमाडौं क्षेत्र नम्बर १ मा पर्ने सबैका घरमा मास्क वितरण गरिने नेता सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिए । ‘स्वास्थ्य सतर्कता अपनाउँदै आज मास्क वितरण अभियानको शुरुवात गरिएको छ,’ लामिछानेले भने, ‘सकेसम्म दशैंअघि नै सबैका घर–घरमा मास्क पुर्याइने छ ।’

यसअघि नेता सिंहले लकडाउनका कारण समस्यामा परेकाहरुलाई उद्धार र खाद्यान्न सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment