Comments Add Comment

चिलीमा हिंत्सामक प्रदर्शन, कम्तीमा ३० को मृत्यु

Photo Credit : Reuters

३ कात्तिक, काठमाडौं । चिलीमा असमानताविरुद्धको प्रदर्शन हिंसात्मक बनेको छ । यो आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा भएको प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा ३० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजाजिराले बताएको छ । आइतबार भएको यो आन्दोलनको क्रममा हजारभन्दा धेरै मानिसहरु घाइते भएका छन् ।

आइतबार प्रदर्शनको क्रममा सुपरमार्केटमा लुटपाट र प्रहरीसँग झडप भएका थिए । यससँगै आन्दोलन हिंस्रक बनेको हो । बीबीसीले उल्लेख गरेअनुसार प्रदर्शनकारीहरुले दुई चर्चमा आगो लगाइदिएका थिए भने प्रहरी मुख्यालयमा नै फायरबम आक्रमण गरेका थिए । प्रदर्शनकारीहरुले अक्टोबर २५ मा हुन गइरहेको निर्वाचनमा नयाँ संविधानको पक्षमा मतदान गर्न पनि मानिसहरुलाई आह्वान गरेका छन् ।

आइतबारको आन्दोलनमा चिलीका विभिन्न सहरहरुमा दशौं हजार मानिसहरु सहभागी भएका थिए । चिलीका आन्तरिक मन्त्री भिक्टर पेरेजले आइतबार साँझ हिंस्रक आन्दोलनको आलोचना गरे । उनले आगामी अक्टोबर २५ मा हुने जनमतसंग्रहमार्फत् प्रदर्शनकारीहरुले आफ्नो मत जाहेर गर्न सक्ने बताएका छन् । उनले आइतबार हिंसामा उत्रिनेहरुले चिलीमा लोकतान्त्रिक पद्धतिबाट समस्या समाधान गर्न नचाहेको बताए । साथै उनले आइतबारको प्रदर्शनमा सीमा नाघेर प्रदर्शन गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रहरीका अनुसार स्यान्टियागोमा आइतबार भएको प्रदर्शनमा करिब २५ हजार प्रदर्शनकारी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment