Comments Add Comment

सांसद प्रभु साहले फिर्ता गरे दसैँ भता

फाइल तस्वीर

३ कात्तिक, रौतहट । पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद प्रभु साहले दसैैँ भत्ता बापतको रकम फिर्ता गरेका छन् ।

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका साहले संघीय संसद सचिवालयमा पत्र पठाउँदै दसैँ भत्ता बापतको रकम फिर्ता गरेको जानकारी गराएका हुन् ।

‘अहिलेको अवस्थामा जनप्रतिनिधिलाई दसैँ भता दिनु उपयुक्त मान्दिन,’ साहले भने, ‘मेरो खातामा पनि दसैँ भता बापत ६४ हजार ७० रुपैयाँ प्राप्त भएकोमा सो रकम नगद नै फिर्ता गरेको छु ।’

जनप्रतिनिधिलाई सरकारले दसैँ भता पठाएको विषयमा विभिन्न राजनितिक दल र प्रतिनिधिहरुले विरोध समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment