
३ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट निको भएका ठूलो संख्याका मानिसहरुमा तीन महिनासम्म पनि केही लक्षण देखिएको बेलायतको अक्सफोर्ड युनिभर्सिटीको एक अध्ययनले देखाएको छ ।
निको भइसकेको लामो समयसम्म पनि कोरोनामा केही लक्षण देखिनुलाई ‘लङ कोभिड’ भनिन्छ ।
युनिभर्सिटीले सोमबार दिएको जानकारी अनुसार सुरुआती अध्ययनको क्रममा ठूलो संख्याका मानिसहरुमा कोरोनामुक्त भइसकेपछि पनि लामो समयसम्म श्वासप्रवासमा कठिनाइ, अत्यधिक थकान, आक्रोश तथा डिप्रेसनजस्ता समस्या देखिएको थियो । यो अध्ययन कोरोनाबाट निको भएपछिको दुईदेखि तीन महिनाको बीचमा गरिएको थियो ।
वैज्ञानिकहरुले मानिसको विभिन्न अंगहरुमा गडबडी रहेको पत्ता लगाएका थिए । कोरोनाको कारण उनीहरुमा देखिएको समस्याको कारण यस किसिमको गडबडी उत्पन्न भएको हुन सक्ने युनिभर्सिटीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।
स्रोत :रोयटर्स
प्रतिक्रिया 4