+
+
Shares

कपडाको सेनेटरी प्याड बनाउन सिकेपछि दलित समुदायका किशोरी दंग

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ५ गते ११:०१

५ कात्तिक, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली–२ गादीको थरगट्टी टोलकी सकिना उरावले महिनावारी हुँदा घरकै कपडा (टालो) प्रयोग गर्दै आएकी थिइन् । हिँड्दा वा अरु काम गर्दा सरेर हैरान भयो । बजारमा पाइने सेनेटरी प्याड किनेर प्रयोग गर्न सक्ने अवस्थामा परिवार छैन । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने उनको परिवारलाई कोरोना महामारीमा बिहान बेलुकाको हातमुख जोर्न नै सास्ती छ ।

तर कपडाकै भएपनि प्याड सिलाउन सिकेपछि उनलाई सजिलो भएको छ । अझ सिकाउनेहरुले प्याड बनाउन मात्रै सिकाएनन् । उनीहरुले महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरुको बारेमा समेत बताएका छन् । सिलाई मेसिनसमेत पाएपछि उनी दंग छिन् ।

‘प्याड सिलाउन मात्रै हैन, कसरी स्वस्थ तरिकाले प्रयोग गर्नुपर्छ भन्ने सिकेका छौं । कपडा कै भएपनि यो प्याड प्रयोग गर्न धेरै सजिलो छ,’ सकिनाले भनिन्, ‘समूहका लागि सिलाई मेसिन नै पाएका छौं । प्याड बनाउने वा अन्य सिलाइको काम गरेर पैसा समेत कमाउन सक्ने भएका छौं ।’

थरगट्टीमा धाँगड समुदायको बसोबास छ । उनीहरु दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्छन् । प्याड बनाउन जानेपछि धेरै सजिलो भएको रोशना उराव बताउँछिन् । ‘आफैंले बनाउने प्याडमा कपडा राखेर प्रयोग गर्दा निकै सजिलो हुने रहेछ । धोएर कसरी पुनः प्रयोग गर्ने भन्नेबारे पनि सिकेका छौं,’ उनले भनिन्, ‘महिनावारीको बेला हुनसक्ने संक्रमणबाट सुरक्षित हुने उपायबारे पनि सिकेका छौं ।’

कपडाको प्याड तयार गर्न समूहमा आवद्ध अन्य साथीहरुलाई समेत सिकाउने तयारीमा उनी छिन् । ‘हामी दुई जनाले प्याड बनाउन सिकेका छौं, सिलाइ मेसिन पाएका छौं । अरु साथीहरुलाई सिकाउन सक्छौं,’ उनले भनिन्, ‘बजारमा पाइने सेनेटरी प्याडभन्दा सस्तो हुने हुँदा बिक्री पनि हुन्छ भन्ने लागेको छ ।’

थरगट्टीकै काजल उरावले पहिले पनि घरेलु सेनेटरी प्याड बनाउने तालिम लिएकी थिइन् । ३ दिने तालिममा उनले राम्रोसँग सिक्न पाएकी थिइनन् । फेरि सिकाइदिन आग्रह गरेपछि एक्सनएड नेपालसँगको साझेदारीमा दिव्य युवा क्लब पर्साले तालिम आयोजना गर्यो । स्थानीय अधिकार कार्यक्रम अन्तरगत किशोरी समूहमा आवद्ध किशोरीहरुलाई पाँच दिनसम्म तालिम दिइयो । शोभा भुजेलले उनीहरुलाई प्याड बनाउन सिकाइन् । थरगट्टी टोलका दलित समुदायका आवद्ध किशोरी समूहका १५ जना सदस्यहरु तालिममा सहभागी भए ।

गरिबीका कारण अधिकांश किशोरीले पढाइ बीचमै छोडेका छन् । उनीहहरुलाई पुनः विद्यालय भर्ना गराउनको लागि पनि पहल भइरहेको छ । विद्यालय जान छोडेका किशोरीको सीप विकास गर्नुको साथै आर्थिक रुपमा सबल बनाउनको लागि तालिम आयोजना गरिएको दिव्य युवा क्लवका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले बताए । सीपलाई सदुपयोग गर्न सके उनीहरुले सेनेटरी प्याड सिलाएरै अर्थोपार्जन गर्न सक्ने उनी बताउँछन् ।

‘विपदको समयमा महिला तथा किशोरी नै बढी मारमा पर्ने गरेका छन् । खाद्यान्न समस्यासँगै उनीहरुले महिनावारी सम्बन्धी समस्या झेल्नुपर्छ,’ कुर्मीले भने, ‘त्यसमा कसैको पनि ध्यान जाँदैन, तर त्यसले पछि असर गर्न सक्छ । महँगो पर्ने सेनेटरी प्याड किन्नुभन्दा घरमा तयार गर्दा राम्रो हुन्छ भनेर तालिम दिएका हौं ।’

संस्थाले १५ जना किशोरीहरुलाई तालिम दिएर ३ ओटा सिलाई मेसिनसमेत सहयोग गरेको छ । किशोरीलाई महिनावारी तथा सरसफाइ सम्बन्धी क्षमता अभिवृद्धिका लागि प्याड बनाउने तालिम सञ्चालन गरेको कार्यक्रम संयोजक कोपिला चौलागाईले बताइन् । ‘हरेक महिला तथा किशोरीलाई हरेक महिना स्यानिटरी प्याड चाहिन्छ । तर कमजोर आर्थिक अवस्था र जानकारीको अभावमा गाउँघरमा अस्वस्थकर ढंगले कपडाको प्रयोग गरिरहेका हुन्छन्,’ चौलागाईले भनिन्, ‘आफ्नो स्वास्थ्यमा खेलवाड भएको थाहा हुन्न । त्यसैले तालिम दिएर सचेत बनाउनुको साथै प्याड बनाउन समेत सिकाएका हौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?