+
+
Shares

आफूमाथि अनुसन्धान गर्न माग गर्दै यादव जोशीले दिए प्रहरीमा निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १४:२२

२६ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको तोडफोडमा संलग्न भएको आरोप लागेका डडेलधुराको गन्यापधुरा–२ का यादव जोशीले आफूमाथि अनुसन्धान गर्न माग गर्दै प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका छन् ।

काठमाडौंको नक्शालस्थित प्रहरी प्रधान कार्यालयमा शुक्रबार निवेदन दिँदै उनले आफूमाथि अनुसन्धान गर्न र कतै आपारधिक क्रियाकलापमा संलग्नता देखिए कारबाही गर्न माग गरेका छन् ।

जोशी सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशीका सहोदर भाइ हुन् । उनी प्रदेश सभा सदस्य डा. जोशीको सचिवालयमा कार्यरत छन् ।

जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम प्रदेश सभा कार्यालयमा समेत तोडफोड भएको थियो । प्रदेश सभाको गजुर नै आन्दोलनकारीले खसालेपछि सो गजुर टिपेर राख्ने क्रममा कसैले त्यसको फोटो खिचेर बदनाम गरेको उनको भनाइ छ ।

उनले निवेदनमा लेखेका छन्, ‘मलाई बदनाम गर्ने उद्देश्यका साथ मैले तोडफोड गरेको जस्तो गरी टिप्पणी भइरहेको सम्बन्धमा सो घटनाको छानबिन अनुसन्धान गरी मेरो कहीकतै आपराधिक क्रियाकलापमा संलग्नता रहे भएको देखिए कारबाही गरिपाउँ भनी यो निवेदन पेस गर्दछु ।’

उनले कैलाली प्रहरीले निवेदन लिन नमानेपछि काठमाडौं आएर प्रहरी प्रधान कार्यालयमा निवेदन दिएको बताए ।

जोशीले ‘बोलन्या थली’को नाममा सामाजिक गतिविधि पनि गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?