Comments Add Comment

भारतीय सैनिकको कब्जामा रहेका चिनियाँ सैनिक स्वदेश फिर्ता

Photo Credit : GETTY IMAGES

५ कात्तिक, काठमाडौं । भारतीय सेनाले सीमा पार गरेर आफ्नो भूमिमा आएका चिनियाँ सैनिकलाई चीन फिर्ता पठाएको छ । भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै चिनियाँ सैनिकलाई मेडिकल सुविधाका साथै अक्सिजन पनि दिइएको बताएको छ । त्यसपछि आवश्यक प्रोटोकल पूरा गरी चीन फर्काइएको बताएको छ । सोमबार भारतले पूर्वी लद्दाखको डेमचोक इलाकाबाट एक चिनियाँ सैनिक भारततर्फ आएको भारतीय सेनाले बताएको थियो ।

एक गोठालाको याक खोज्न सहयोग गर्ने क्रममा वाङ या लेङ भारततर्फ आएका थिए । समाचार एजेन्सी एएफपीका अनुसार चिनियाँ सेनाले पनि एक विज्ञप्ति जारी गर्दै आफ्ना सैनिक फर्किएको बताएको छ ।

पछिल्लो समय भारत र चीनको बीचमा सीमा विवाद चर्किएको अवस्थामा चिनियाँ सैनिक भारतीय सेनाद्वारा पक्राउ परेका हुन् । यसअघि गत सेप्टेम्बरमा चीनले सीमा पार गरेर चीन पुगेका पाँच भारतीय सैनिकलाई फिर्ता पठाएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment